नियम ३४
बाटो इजाजतपत्रको नवीकरण
(१) ऐनको दफा ८३ बमोजिम बाटो इजाजतपत्रको नवीकरणको लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो बाटो इजाजतपत्र दिने कार्यालयमा अनुसूची–३६ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी बाटो इजाजतपत्र नवीकरण गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही बाटो इजाजतपत्र नविकरण
गरी दिनु पर्नेछ ।